हेरिटेज नेपाल न्यूज

भक्तपुरमा नमूना मतदान सम्पन्न

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ८ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भक्तपुरमा नमुना मतदान तथा संयुक्त सुरक्षा अभ्यास कार्यक्रम सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा शुक्रबार चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।

निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो। मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको थियो ।

नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो। मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा वास्तविक मतदान जस्तै वातावरण सिर्जना गरिएको थियो। मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको थियो। साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कमार ढकालले बताए। उनले मतदातालाई सही तरिकाले मतदान गर्न आग्रह गर्दै बदर मत न्यूनिकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख सूर्यबहादुर खड्का, मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगर, निर्वाचन अधिकृत राधिका सुवाल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थित रहेको थियो ।

निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन यस्ता अभ्यास कार्यक्रम प्रभावकारी हुने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन। जिल्ला निर्वाचन कार्यालयले आगामी दिनमा पनि मतदाता शिक्षा तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...