२ केजी ९०० ग्राम चाँदी सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ६ फागुन । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले २ केजी ९०० ग्राम चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । मङ्गलबार नागढुङ्गास्थित चेक प्वाइन्टमा वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५५२९ नम्बरको यात्रु बाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला पारेको हो । पक्राउ पर्नेमा उक्त बसका यात्रु पर्सा, फेटा गाउँपालिका-६ का १७ वर्षीय आशु श्राब छन् ।
श्राबको कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाएर ल्याएको १२ लाख १४ हजार ५२० रूपैयाँ बराबरको २ केजी ९०० ग्राम चाँदीका दाना बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । चाँदी सहित उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...