हिमाली जिल्लामा मतपत्र सहित निर्वाचन पठाउन थालियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले हिमाली र विकट जिल्लाहरुमा मतपत्रसहित निर्वाचन सामाग्री पठाउन थालेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहीबारदेखि हिमाली र विकट जिल्लाहरुमा ढुवानी सुरु भएको छ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत जिल्लाहरुमा ढुवानी हुने जिसीले बताए। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि पहिलो चरणमा २० हिमाली जिल्लामध्ये १५ वटामा पठाउने अनि नजिकका जिल्लाहरुको ढुवानी गर्ने आयोगको तयारी छ।
यसैगरी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । प्रत्यक्ष तर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ ।
दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
‘प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्रगतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। ढिलोमा शनिबारसम्म मतपत्र छपाइ सकिने जानकारी छ,’ जिसीले भने ।
उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । <span;>केन्द्रले बागमती र मधेश प्रदेश बाहेक अन्यलाई पहिलो प्राथमिकता राखेर मतपत्र छपाइ गरेको थियो । छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ।
दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...