ओखलढुंगा बोहोरेमा दम्पती हत्या आरोपमा २ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ माघ । ओखलढुंगामा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। माघ १२ गते चिशंखुगढी गाउँपालिका-६ बोहोरेमा ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया चन्द्रमाया राईको हत्या भएको थियो । उक्त हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको हो।
चन्द्रबिक्रमको घरको दोस्रो तलाको खाटमा सिरक ओडिरहेकै अवस्थामा र चन्द्रमायाको भुईमा शव फेला परेको थियो । उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले ओखलढुंगाकै ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय नाबालक पक्राउ परेका हुन्।
दुवै जनालाई काठमाडौंको डल्लु लगतीर्थमार्गबाट शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। हत्याका लागि उनीहरूले कोदालोको प्रयोग गरेको पनि प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूको डल्लुस्थित डेराबाट चन्द्रमायाको मोबाइल, १५९ वटा रिचार्ज कार्ड पनि बरामद गरेको छ। त्यस्तै, मृतकको गहना पनि बरामद गरेको छ। चन्द्र विक्रमले प्रयोग गर्ने मोबाइल काभ्रेको पशुपति टोलस्थित आफन्तको घरबाट बरामद भएको थियो।
सुरूमा कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको थियो। माघ १९ गते विज्ञको माग भएपछि सिआइबीको टोली खटिएको थियो। एसएसपी श्रेष्ठका अनुसार धनबहादुरले लुटपाट गर्ने योजना काठमाडौंबाट बनाएका थिए। उनले १७ वर्षीय नाबालकलाई काठमाडौंबाटै घटनास्थलसम्म लगेका थिए।
गाउँलेले उनीहरूलाई पहिचान गर्न सक्ने भएकाले रातको समयमा बोहोरेमा पुगेर राति नै हत्या तथा लुटपाट गरी फर्किएका थिए। घटनापछि थाहा पाउनसक्ने भएकाले भाग्दा अर्कै बाटोको प्रयोग गरेका थिए। बसको टिकट काट्दा समेत आफ्नो वास्तविक नाम लुकाएको अनुसन्धानमा खुलेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...