य:मरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ माघ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार य:मरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाले एउटै मत राखेका छन् । काठमाडौँ महानगरपालिकामा आयोजित सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो साझा स्वर आएको हो । ‘हरेक शुभकार्यसँग जोडिएको य:मरीको महत्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तर्राष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ,’ छलफलमा समितिका संयोजक आशामान संगतले भने, ‘य:मरी बनाउने परम्परा खाद्य परिकार मात्र होइन । यसले प्रकृति, कृषि पेशा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।’

समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उनको भनाइ थियो ।समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिए । ‘महानगरपालिकाका पुराना सहरी क्षेत्रका चोक चोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन्,’ उनले भने, ‘यस्ता सम्पदाको गरिमा प्रवर्धनमा सबै मिलेर काम गर्नुपर्छ ।’

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर संघ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास संघ, द्योला समाज संघ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।
‘सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्परा तथा अभिव्यक्ति अभौतिक सम्पदा हो,’ युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा. मोनालिसा महर्जनले भनिन्, ‘अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति र व्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कला कौशल अभौतिक सम्पदा हुन् ।’
यस्ता छलफल र अन्तरक्रियालाई नियमितता दिइने र समुदायका अगुवाहरुको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले बताइन् ।अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...