५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ माघ । प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ । धादिङको सल्यानटारमा बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ ।

बैठकमा चालु आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति तथा थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट सुरु गर्ने बैठकले निर्णय गरेको छ । पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।

बोर्ड बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...