वैदेशिक रोजगारीको सपना देखाएर काठमाडौंमै शरीर बन्धक, ५ बंगलादेशी नागरिकको उद्धार, ७ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ माघ । वैदेशिक रोजगारीको सपना देखाएर शरीर बन्धक तथा ठगी गर्ने ७ जना प्रहरीले पक्राउलाई गरेकाे छ भने, ५ जना बंगलादेशी नागरिकको उद्वार गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ भंगाल स्थित एकघर भाडामा लिई वैदेशिक रोजगारीको लागि ईटाली पठाई दिने भनि बंगलादेशी नागरिकहरूलाई बंगलादेशबाट बोलाई उक्त घरमा बन्धक बनाई राखी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घर खानतलासी गर्दा बन्धक बनाई राखेको अवस्थामा ५ जना बंगलादेशी नागरिकहरूलाई फेला पारी निजहरूलाई उद्धार गरी बन्धक बनाउने र ठगी गर्ने निम्न ७ जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरुमा बङ्गलादेश घरभइ काठमाडौं टोखा बस्ने ३८ वर्षीय आल मामुन, सामाखुसी बस्ने ३९ वर्षीय बिलाल, नेपालटार बस्ने २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय  यमडी मसिभुर रहमान, भारत घरभइ काठमाडौं गौशाला बस्ने ४१ वर्षीय सरोज कुमार र नुवाकोट घरभइ काठमाडौं तारकेश्वर बस्ने ३२ वर्षीय सशि पाठक छन् । मङ्गलबार पक्राउ परेका उनीहरू विरुद्ध शरीर बन्धक तथा ठगी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...