फेरि बढ्यो सुनको मूल्य

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ माघ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ १४ हजार ४ सयले बढेको हो । मंगलबार सुनको भाउ एक तोला  सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।
माघ १६ गते एकैदिन ऐतिहासिक वृद्धि भएको सुनको भाउ केही दिनयता भने घट्न थालेको थियो । माघ १६ गते एकैदिन २० हजार ४ सयले बढेर सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय पुगेको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
बुधबार चाँदीको भाउ पनि केही बढेको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रहेको चाँदीको मूल्य बुधबार ५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...