नेपाल ‘निपाह’ भाइरसको उच्च जोखिममा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ माघ । निपाह भाइरसको जोखिम बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग रहेको भन्दै चिकित्सकले यसबाट बच्न आग्रह गरेका छन् । भारतको पश्चिम बंगालमा निपाहको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिम उच्च भएको हो ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा यसको जोखिम उच्च रहेको बताए । उनले भने, ‘छिमेकी देशमा यसको संक्रमण उच्च छ । विभिन्न मार्गबाट नेपालमा पनि आउन सक्ने सम्भावना छ । तर अहिलेसम्म यसको पुष्टि भइसकेको छैन । जोखिम उच्च छ तर डराउनुपर्ने अवस्था भने छैन ।’
निपाहको संक्रमणले मष्तिष्क सुन्निने र मष्तिष्कमा असर भएका बिरामीको मृत्युसम्मको जोखिम रहने गरेको डा. पुनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणलाई लिएर उच्च सावधानी अपनाएको जनाएको छ । मन्त्रालयका सूचना अधिकृत डा. भक्तबहादुर केसीले विभिन्न स्थल मार्गसँगै हवाई मार्गमा पनि निगरानी बढाइएको बताए ।
उनले भने, ‘हामीले स्क्रिनिङलाई तीव्र्र पारेका छौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थललगायत भारतको पश्चिम बंगालसँग जोडिएका स्थल नाका र अन्यमा पनि निगरानी बढाइएको छ । अहिलेसम्म केस देखिएको छैन ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले निपाह स्क्रिनिङ सर्वसाधारणका लागि खुला नगरिएको बताइन् । उनले भनिन्, ‘हामीसँग स्क्रिनिङको क्षमता छ तर सर्वसाधारणका लागि खुल्ला गरिएको छैन । आइपरेको खण्डमा हामी परीक्षण गर्न सक्छौँ ।’
के हो निपाह भाइरस ? 
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा निपाह भाइरस पाइन्छ ।
यो कसरी सर्छ ? 
निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेरोबाट सुंगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।
संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यीक्तको रगत, दिशा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा निपाह भाइरस सर्ने जोखिम रहने चिकित्सक बताउँछन् ।
यसको लक्षणहरू 
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वासप्रश्वासमा कठिनाइ हुने, टनसिलाइटिस जस्ता निपाहका लक्षणहरू हुन् ।

यसको रोकथाम कसरी गर्न सकिन्छ ? 
फलफूल खाँदा पखालेर मात्र खान चिकित्सकले सुझाएका छन् । तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ, फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउन पनि चिकित्सकको सुझाव छ ।

निपाह भाइरसको त्रास कसरी बढ्यो ?

भारतको पश्चिम बंगालमा निपाहका बिरामी भेटिएपछि एसियन मुलुकसँग जोडिएका विमानस्थलहरूमा कडाइ गरिएको थियो । पश्चिम बंगालमा डिसेम्बरयता दुईजना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण पुष्टि भएको र उनीहरूको संसर्गमा रहेका १९६ जनालाई निगरानीमा राखिएको तर उनीहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् १९९८ मा मलेसिया र सिंगापुरस्थित सुँगुर फार्ममा काम गर्ने व्यक्तिहरूमा निपाह भाइरस पुष्टि भएको थियो । त्यस ताका १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ सुँगुर निपाह भाइरस संक्रमणकै कारण मरेका थिए । सुँगुर पालन गरेर जीविकोपार्जन गर्ने किसानले त्यसबखत ठूलो क्षति बेहोर्नु परेको थियो ।

बंगलादेशमा सन् २००१ यता निपाह भाइरस संक्रमणकै कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पश्चिम बंगालमा पनि सन् २००१ देखि २००७ को बीचमा निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिले निपाहको संक्रमण पुष्टि भएको हो ।
सन् २०१८ मा केरलामा १९ जनामा निपाह भाइरस संक्रमण पुष्टि भएको थियो । तीमध्ये दुईजनाको मृत्यु भएको थियो ।
हाल भारतको पश्चिम बंगालमा पुष्टि भएको निपाह नियन्त्रणमा आइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...