काठमाडौं महानगरले ७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिर कार्यान्वयनमा ल्याउने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ माघ । काठमाडौं महानगर कार्यबाहक मेयर सुनिता डंगोलले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिएकी छिन् ।
चालुआर्थिक वर्षमा सम्पन्न काम साथै थालिएका असल अभ्यासको जानकारी लिँदै डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी हुन् ।
विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रूपमा गर्नुपर्ने सहजीकरण विषयमा जानकारी लिने क्रममा मंगलबार डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफलमा जुटेकी थिइन् ।
‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ । एसईईको नजिक आउन लागेका छौँ । गत वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ,’ उनले भनिन्,‘तयारी कक्षा,अतिरिक्त क सुधार देखाउनुपर्छ । यसमा छुट सुविधा कसैलाई दिनु ह रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सीपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो ।
साथै दर्ता भएका तर,सञ्चालनमा नरहेका विद्यालयको खारेज प्रक्रिया,सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरूको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलापलगायत विषय समेटिएका थिए ।
छलफलका क्रममा प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपाललगायतको सहभागिता थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...