समयमै व्यवसाय दर्ता गरी कर तिर्न मध्यपुर थिमि नगरपालिकाको अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ९ माघ । मध्यपुर थिमि नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित सम्पूर्ण व्यापार, व्यवसाय, उद्योग कलकारखानाहरूलाई अनिवार्यरूपमा दर्ता गरी व्यवसाय कर तिर्न अनुरोध गरेको छ । नगरपालिकाले व्यवसाय दर्ता तथा कर तिर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था रहेको जानकारी दिएको छ । नगरको विकास र समृध्दिको लागि आवश्यक स्रोत  जुटाउन कर उठाउनु नगरपालिकाको अधिकार हो भने कानून बमोजिम तोकिएको कर तिर्नु असल नागरिकको कर्तव्य भएको र नगरपालिकामा व्यवसाय दर्ता गर्दा करदाताले लाभ तथा सुविधाहरु प्राप्त गर्न सक्ने जनाएको छ ।

दर्ता भएको व्यवसायले कानूनी मान्यता र संरक्षण प्राप्त गर्ने, कानूनीरूपमा व्यवसायको स्वामित्व हरेक व्यवसायीमा स्थापित गर्ने नगरपालिकाको भनाइ छ । व्यापार व्यवसायबाट आर्जित आयले कानूनी प्रमाणिकता प्राप्त गर्ने, व्यवसायीको वैध आयले वैधानिकता प्राप्त गर्ने, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा सुविधा लिन तथा वैदेशिक अध्ययन वा अन्य कुनै प्रयोजनको लागि आयस्रोत देखाउन परेमा सहयोग पुग्नेछ ।

संघीय/प्रदेश/स्थानीय सरकारले प्रदान गर्ने विभिन्न सेवा, सुविधा र सहुलियत प्राप्त गर्न नगरपालिकाको सिफारिस आवश्यक पर्ने र सोको लागि अनिवार्य नगरपालिकामा व्यवसाय दर्ता भएको हुनुपर्ने नगरको राजश्व शाखाले प्रष्ट्याएको छ । नगरबासीहरूबाट सङ्कलित कर नगरक्षेत्रकै विकास निर्माणा तथा नगरबासीको सेवा सुविधाको लागि खर्च गरिने जनाएको छ ।मध्यपुर थिमि नगरपालिकाको आर्थिक ऐन, २०८२ ले नगरपालिकाले तोकेको समयावधिभित्र दर्ता नगर्ने व्यवसायलाई प्रत्येक पटकको अनुगमनमा १० हजार रूपैयाँसम्म जरिबाना लगाउन सक्ने व्यवस्था गरेको छ भने, उपरोक्त लाभ तथा सुविधा प्राप्त गर्न समयमै व्यवसाय दर्ता गर्न र अनावश्यक जरिवाना/ कारबाहीबाट बच्न अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...