भक्तपुर, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर जिल्ला क्षेत्र नम्बर १ मा ९ स्वतन्त्र उम्मेदवार सहित २५ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ मा १५ स्वतन्त्र उम्मेदवार सहित ३२ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय भक्तपुरका अनुसार भक्तपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा एमालेका सोम प्रसाद मिश्र, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले उमेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीका अनुसार सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का, आम जनता पार्टीका देबेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्लले पनि उमेदवारी दिएका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका इश्वरी प्रसाद पैयानी, मितेरी नेपाल पार्टीबाट सावित्री न्यौपाने, नेपालकालागि नेपाली पार्टीका दिपक पोखरेल पनि सोहि क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसै क्षेत्रबाट उमेदवार बन्ने अन्यमा जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रबि खाइजु छन् । त्यसैगरी, स्वतन्त्र उम्मेदवारहरुमा बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदिप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु, सुजिता बुढाथोकी छन् । यश क्षेत्र अन्तर्गत चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्दछ । यी दुई नगरपालिकामा गरेर १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका कबिर राणा, एमालेका महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री रहेका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापा, आम जनता पार्टीकी देव कुमारी शाह, उज्यालो नेपाल पार्टीका जितराम लामाले पनि उमेदवारी दिएका छन् ।
उमेदवारी दिने अन्यमा नेपालकालागि नेपाली पार्टीका राजेश बाडे, मंगोल नेशनल अर्गनाइजेसनका पेम्वा घले, श्रम संस्कृति पार्टीका अर्जुन बासु रहेका छन् । त्यसैगरी जसपा नेपालका नविन श्रेष्ठ, नेकपा ९माओवादी० का प्रकाशराज ढुंगेल, त्रिमुल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाल, प्रगतीशिल लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल जनसेवा पार्टी जानुका पाठकले पनि उमेद्वारी दिएका छन् ।
सोहि क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिनेमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा रहेका छन् । त्यस्तै साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मि बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की,मनोज लामाले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । यस क्षेत्र अन्तर्गत सुर्यविनायक र मध्यपुर थिमि नगरपालिका पर्दछ भने, ९८ हजार ३ सय ५६ जना मतदाता छन् ।




