नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रर्दशन गरिने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ६ माघ । नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः को आयोजनामा यस वर्ष नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन हुने भएको छ । नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ ।
यो नाचको आयोजक तथा संयोजक खलःले यसपल्ट नाचको विकास, संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ । पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचहरुमध्येको एक प्रमुख नाच हो । यो श्री स्वस्थानी व्रत कथामा आधारित छ । नाचको सम्पूर्ण विधि श्री स्वस्थानी व्रतकथामा आधारित छ । यसपल्ट नाचको मुख्य कलाकारमा नवराज राजकुमारको पात्रको रुपमा (जेनिस बाडे) रहनेछन् ।
त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्धयमा चार्भी बाडे र दीप्सा उप रहेनछन् । आयोजकले नाच भव्य सम्पन्न गर्न व्यापक तयारी भइरहेको पत्रकार सम्मेलन गर्दै सोमबार जनाएको छ । दुई साता अगाडिदेखि नै नाचको प्रशिक्षण सुरु भएको थियो ।
यस्तै, नाचको प्रमुख बाजा, नायखीं बाजाको प्रशिक्षण एक महिना अगाडिदेखि नै सुरु गरिएको थियो । हरेक वर्षझैँ यसपल्ट पनि माधव नारायण पर्व सुरु भइसकेको छ । यससँगै प्रत्येक दिन बिहानै खोला तथा तीर्थ गएर नाचको दिन सहस्र धारा बोक्ने व्रतालुले स्नान गर्नुपर्ने प्रचलन रहेको छ ।
नगदेशको लाछीस्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान् माधव नारायण ल्याएर विराजमान गराएपश्चात नवराजद्वारा पूजा सुरु गरिन्छ । त्यसपछि पुलुकिसी नाच सुरु गरिन्छ र नगर परिक्रमा गराइन्छ । नाच परम्परा अनुसार माघ १६ गते शुक्रबार (तिथि अनुसार भिमाद्धादशीका दिन) प्रदर्शन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...