भक्तपुर अस्पतालमा थप अत्याधुनिक भवन बन्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २ माघ । बाग्मती प्रदेशकै उत्कृष्ट अस्पतालभक्तपुर अस्पतालमा थप अत्याधुनिक नयाँ भवन बन्ने भएको छ। बाग्मती प्रदेश सरकारको प्राथमिकतामा परेको यस परियोजनाअन्तर्गत करिब ६२ करोड रुपैयाँको लागतमा थप नयाँ भवन निर्माण गरिने भएकाे हाे । शुक्रबार बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, अस्पताल व्यवस्थापन समिति अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतको उपस्थितिमा प्रस्तावित नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि छलफल भएको हो।
बैठकमा भवनको डिजाइन, सेवा विस्तार, लागत व्यवस्थापन र निर्माण समयसीमाबारे समिक्षा गरिएको छ।
अस्पतालको थप नयाँ भवनमा अत्याधुनिक आकस्मिक कक्ष, आइसियु, एनआइसियु, प्रसूति तथा स्त्रीरोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई जस्ता प्रविधियुक्त सेवा विस्तार गर्ने योजना छ। साथै, बिरामी, बिरामी कुरूवा, सेवाग्राहीको सहजताका लागि प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने जनाएको छ ।
स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पताललाई बाग्मती प्रदेशकै नमुना अस्पताल बनाउने लक्ष्यसहित योजना अघि बढाइएको बताएका छन् । ‘नयाँ भवन निर्माणपछि यहाँको सेवा विस्तारमा गुणात्मक र मात्रात्मक दुवै रूपमा वृद्धि हुनेछ,’ उनले भने, ‘स्थानीय मात्र होइन, काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरका बिरामीहरूलाई पनि ठूलो राहत मिल्नेछ।’

छलफल कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन सामाजिक र आर्थिक फाइदा दिने उल्लेख गर्दै निर्माण प्रक्रियामा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले डिपिआर अनुसार निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइने, तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिइन् । गाैतमका अनुसार वातावरणमैत्री प्रविधि, भूकम्प प्रतिरोधी डिजाइन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार र भक्तपुरकाे पुरानाे शैलीमा भवन निर्माण गरिने र मुटु  तथा न्यूराे सम्बन्धी सेवा विस्तार हुनेछ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा स्थापित गर्ने लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...