ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

बागमती प्रदेश सरकारको ५ करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा

भक्तपुर, २ माघ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा सिटी स्क्यान सेवाको थालनी भएको छ। स‍ोमबार एक समारोहका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सिटी स्क्यान सेवाकाे उद्घाटन गरेका हुन् । बिजुक्छेंले कार्यक्रममा नगरबासीलाई मात्र नभई देशभरका बासिन्दाको उपचार गर्न ख्वप अस्पताल तयारी अवस्थामा रहनुपर्ने बताएका छन्। ख्वप अस्पतालका चिकित्सकहरुले गुणस्तरीय सेवालाई निरन्तरता दिएर देशभित्र मात्र नभइ आवश्यक परे देश बाहिर गएर पनि स्वास्थ्य सेवा दिनुपर्ने उनले धारणा राखे।
बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।
नगरवासीको स्वास्थ्य सेवालाई सहज, सहज र गुणस्तरिय सेवा दिने उद्देश्यले ख्वप अस्पताल संचालनमा ल्याएको बताउँदै उनले आवश्यकता अनुसार विभिन्न विशेषीकृत सेवा थपिँदै लैजाने उनले बताए। सिटी स्क्यान सेवाको शुभारम्भले यो सेवा लिन महंगो शूल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता हटेको उनले बताए।
अस्पतालका निमित्त निर्देशक डा.मजेस प्रताप मल्लले अत्याधुनिक १ सय २८ स्लाईसदेखि २ सय ५६ स्लाईस फोटो खिच्ने क्षमताको सिटी स्क्यान मेसिनले विभिन्न रोगको सयममै पहिचान गरी उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...