भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले जनप्रतिनिधिहरुलाई जनताको भावनाअनुसार काम गर्न प्रेरित गर्दै स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो पदअनुसार काम गर्न जरुरी भएको बताएका छन् ।

नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको उन्नाइसौं नगरसभाको सोमबार बसेको बैठकले कर प्रशासनसम्बन्धी संशोधन प्रस्ताव, कर्मचारी म्याद थप प्रस्ताव र विभिन्न योजनाको रकमान्तरण तथा बजेट स्रोत सुनिश्चितताको लागि बजेट संशोधन प्रस्ताव र संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । सभामा अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति,  खेलकुद समिति, आर्थिक तथा लेखा समिति, महिला बालबालिका तथा समाज कल्याण समिति, निर्माण समिति, बजार अनुगमन समिति,  योजना अनुगमन समिति, वातारण तथा पर्यटन समिति, शिक्षा समिति र न्यायिक समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजक तथा सदस्यहरुले प्रस्तुत गरेका थिए ।

सभामा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाको १९ औं नगरसभाको प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरे । भक्तपुर नपाको उन्नाइसौं नगरसभाले राष्ट्रपति मादुरो दम्पतिमाथि लगाईएको झुठा मुद्दा फिर्ता लिन र उनीहरुलाई सकुशल रिहाको लागि प्रस्ताव पारित गरेको थियो । २०८२ पुस २४ गतेबाट सुरु भई पुस २८ गते सम्पन्न भक्तपुर नपाको उन्नाइसौं नगरसभा ३ दिन चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...