हेरिटेज नेपाल न्यूज

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि थोरै खनेर हेर्दा निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुनसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । यद्यपि बस निकालेपछि मात्रै यकीन भन्न सकिने इलाका प्रहरी कार्यलय आबुखैरहनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीनजना घाइते भएका थिए । घटनामा ५१ जना बेपत्ता भएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...

माघ ३ गते देखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं, २६ पुस । आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले...