हेरिटेज नेपाल न्यूज

आयल निगमको वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ पुस । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १६७ जनाले रक्तदान गरे ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा  सञ्चालन गरिएको कार्यक्रममा निगमका कर्मचारी, कर्मचारी परिवार, बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बध्द अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए । नगमका प्रबक्ता मनोज ठाकुरका अनुसार, विगत देखि नै निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा रक्तदान कार्यक्रम आयोजना गर्दै आई रहेको छ ।
निगमले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिदै आएको ठाकुरको भनाइ छ।

रक्तदान ​कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा.रामप्रसाद घिमिरेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु निरन्तर भइरहनुपर्नेमा जोड दिए । निगमले यस प्रकारको रक्तदान कार्यक्रम नियमित गर्दै जान घिमिरेले निगमलाई सुझाव दिए ।

निगमका  कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न ​रक्तदान कार्यक्रमका संयोजक नायव कार्यकारी निर्देशक नागेन्द्र साहले समय समयमा देखिने गरेको रगतको अभावलाई कम गर्न  सबै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...