हेरिटेज नेपाल न्यूज

कूलमान घिसिङले राजिनामा दिए

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए । घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...