रेशम उद्योगको पुनःजागरणका लागि राष्ट्रिय सम्मेलन हुँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, २१ पुस । नेपालमा रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सो सम्मेलन हुन लागेको हो ।
नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रुपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिए ।
सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्ताहरुलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ । सम्मेलनको कृषि तथा पशुपक्षी विकास मन्त्री डा मदनप्रसाद परियारले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा ‘नेपालमा दिगो रेशम खेतीको आधार स्थापना’, ‘नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण’ र ‘नेपाल रेशम भिजन २०२६-२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माण’ सम्बन्धी सत्र सञ्चालन हुनेछ ।
ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलले भने, ‘नेपालमा आज रेशम उद्योग सञ्चालनमा छैन, यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन ।’
रेशम विश्वकै उच्च मूल्य हुने कृषि-औद्योगिक उत्पादनहरुमध्ये एक हो । सोबार पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष पोखरेलले रेशम उत्पादनबाट उच्च आम्दानी, न्यून कार्वन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यातलगायत फाइदा लिन सकिने बताएका हुन् ।
करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेती, त्यससँगै रेमश किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृतरुमपा विकास गर्न सकेमा वार्षिक रु पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्याण्डलुम फ्याब्रिक्सले जनाएको छ ।
एकीकृत मूल्य श्रृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बीमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायतका कारण रेशम उद्योग सङ्कटमा पर्दै गएको अध्यक्ष पोखरेलको भनाइ छ ।
सोही समस्या समाधानमा सरोकारवालाको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले स्पष्ट पारे । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६-२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क’ ब्राण्डिङ र बजार पहुँचलगायत विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनबाट रेशमलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारलाई नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धता, किसान, सहकारी, लगानीकर्ता र निर्यातकर्ताबीच नयाँ साझेदारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको ह्णडलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...