ओखलढुंगा भदौरे र चार्खुमा श्रृङ्खलाबद्ध हत्या र लुटपाट गर्ने पेशेवर गिरोह पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० पुस । ओखलढुंगाको दुई छुट्टाछुट्टै स्थानमा दम्पती सहित तीनजनाको विभत्स हत्या र लुटपाटका घटनामा संलग्न एक पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका-४ चार्खु र चिशंखुगढी गाउँपालिका-६ भदौरेमा भएको श्रृंखलाबद्ध हत्याका घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले चार जना अभियुक्तहरूलाई घरेलु बन्दुक र दशीसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी मदन केसीका अनुसार गत असोज २६ गते चार्खुमा एक्लै बस्दै आएकी ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को बन्चरो प्रहार गरी हत्या भएको थियो । हत्यापश्चात उनको घरबाट नगद तथा सुनका गरगहना लुटिएको थियो ।
त्यसैगरी, पुस १५ गते किराना पसल सञ्चालक ६० वर्षीय सोभितमान थापा मगर र सोही उमेरकी उनकी श्रीमती रत्नमाया थापा मगरको कोदालो र अन्य घरेलु हतियार प्रहार गरी निर्मम हत्या भएको थियो । हत्यापश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपेर पसल र कोठामा रहेको १ लाख नगद तथा सुनका गरगहना गरी करिब ६ तोला सुन लुटपाट गरिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीको अनुसन्धानका क्रममा पुस १७ र १८ गते विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले हत्या तथा लुटपाटमा संलग्न चिशंखुगढी गाउँपालिका-३ का २८ वर्षीय संगम राई, सोही गाउँपालिकाका-४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी-८ का ३० वर्षीय अशोक भुजेललाई सोमबार सार्वजनिक गरेका छन् । हत्या गरेर लुटपाट गर्ने उद्देश्यले एउटै समूहले घटना गराएको देखिएको डीएसपी केसी बताउँछन् ।
उनीहरूमाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजना सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दुवै घटनाको प्रकृति, हत्या गर्ने तरिका, प्रयोग भएका हतियार र लुटपाटको उद्देश्य समान देखिएपछि प्रहरीले शृंखलाबद्ध अपराधको आशंकामा सिआइबीसँग समन्वय गरी खोजतलास तीव्र बनाएको थियो।
प्रहरीले घटनामा प्रयोग गरिएका हतियार र लुटिएका सामग्री समेत बरामद गरेको छ। चार्खु घटनास्थलबाट एक थान बन्चरो र दापसहितको खुकुरी फेला परेको छ भने रत्नकुमारीको घरबाट लुटिएको सुन पगालेर बनाइएको ५.८० ग्रामको औंठी पनि बरामद गरिएको छ।
भदौरे गैरीगाउँको घटनासँग सम्बन्धित एक सय रूपैयाँको रिचार्ज कार्ड, दुई नाल भरूवा बन्दुक र चार थान मोबाइल फोन अभियुक्तहरूको साथबाट फेला परेको प्रहरीले जनाएको छ। यी प्रमाणले अपराध योजनाबद्ध ढंगले गरिएको पुष्टि हुने प्रहरीको निष्कर्ष छ। पक्राउ परेकाहरू स्थानीय भूगोल र बस्तीको अवस्थासँग परिचित भएकाले अपराध गर्न सहज भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अभियुक्तहरू विरूद्ध मुलुकी अपराध संहिताअन्तर्गत कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।
क्रुर यातना दिई ज्यान मारेको ठहर भएमा कानुन अनुसार जन्मकैदसम्मको सजाय हुन सक्ने व्यवस्था छ। डाँकाको कसुरमा ७ देखि १४ वर्षसम्म कैद र जरिवानाको प्रावधान छ भने अवैध हातहतियार प्रयोगमा थप सजाय हुने व्यवस्था छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...