मूलुकभर चिसो बढ्दै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० पुस । पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीमा झरेको छ । यो तापक्रम यो वर्षकै कम हो । पुस ८ गते काठमाडौँको तापक्रम चार दशमलव नौ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्रीमा झरेको थियो ।
पुस १७ गते तापक्रम घटेर चार दशमलव छ डिग्रीमा आएकामा आज भने चार दशमलव पाँच डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
विभागमा शनिबार राति अभिलेख गरिएको तापक्रमको विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र मुस्ताङको जोमसोममा माइनस चार दशमलव पाँच डिग्री तापक्रम रहेको छ । त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन् ।
अन्य जिलाहरूमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ । सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा दुई दशमलव सात, दिपायलमा छ, वीरेन्द्रनगरमा पाँच, घोराहीमा आठ, पोखरामा आठ दशमलव पाँच, सिमरामा आठ दशमलव तीन, ओखलढुङ्गामा चार दशमलव नौ, जिरीमा शून्य दशमलव दुई, ताप्लेजुङमा पाँच दशमलव आठ, लुम्लेमा चार दशमलव पाँच र धनकुटामा सात डिग्री रहेको छ ।
कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए । उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ ।
विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनमा देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जनाइएको छ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भू–भागमा हुस्सु÷कुहिरोको समेत सम्भावना रहेको छ । त्यसकारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...