हेरिटेज नेपाल न्यूज

मूलुकभर चिसो बढ्दै

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २० पुस । पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीमा झरेको छ । यो तापक्रम यो वर्षकै कम हो । पुस ८ गते काठमाडौँको तापक्रम चार दशमलव नौ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्रीमा झरेको थियो ।
पुस १७ गते तापक्रम घटेर चार दशमलव छ डिग्रीमा आएकामा आज भने चार दशमलव पाँच डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
विभागमा शनिबार राति अभिलेख गरिएको तापक्रमको विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र मुस्ताङको जोमसोममा माइनस चार दशमलव पाँच डिग्री तापक्रम रहेको छ । त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन् ।
अन्य जिलाहरूमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ । सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा दुई दशमलव सात, दिपायलमा छ, वीरेन्द्रनगरमा पाँच, घोराहीमा आठ, पोखरामा आठ दशमलव पाँच, सिमरामा आठ दशमलव तीन, ओखलढुङ्गामा चार दशमलव नौ, जिरीमा शून्य दशमलव दुई, ताप्लेजुङमा पाँच दशमलव आठ, लुम्लेमा चार दशमलव पाँच र धनकुटामा सात डिग्री रहेको छ ।
कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए । उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ ।
विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनमा देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जनाइएको छ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भू–भागमा हुस्सु÷कुहिरोको समेत सम्भावना रहेको छ । त्यसकारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...