गोदावरीमा लागुऔषध सहितको ‘म्युजिकल पार्टी’, ६ विदेशीसहित ९ जना पक्राउ 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ पुस । ललितपुरको गोदावरीमा लागुऔषधसहित आयोजना गरिएको एक पार्टीमा प्रहरीले छापा हानेर नौजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ विदेशी र तीन नेपालीलाई पक्राउ गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा बिसंखु नारायणस्थित एक रिसोर्टमा प्रहरीले बुधबार राति छापा हानेको हो। महामाया मन्त्र इन्भेटका नाममा त्यहाँ ७२ घण्टे लागुऔषधसहितको पार्टी आयोजना भएको थियो। जहाँबाट प्रहरीले पाँच भारतीय, एक ग्रिस र तीन नेपालीलाई पक्राउ गरेको हो । उनीहरूबाट एसएसडी, गाँजा, चरेश, म्याजिक मसरुमलगायत लागुऔषध बरामद भएको ब्युरोका एसपी जनकबहादुर शाहीले बताए।

पक्राउ पर्नेहरूमा भारत केराला कोचीका २१ वर्षीय केभिन जोसेफ, हैदराबादका २६ वर्षीय अभिराज कुथाडी, ग्रीस यथेन्सका २१ वर्षीय डिमिथ्रिओस काटोस, भारत केरालाका २८ वर्षीय सदिक, केरालाकै आस्विन अन्तु, २८ वर्षीय वैष्णव के साजु, चितवन राप्ती नगरपालिका-३ भण्डारका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगर नगरपालिका-१३ राजवंशी टोलका २५ वर्षीया मनसुन न्यौपाने र काठमाडौं महानगरपालिका- २ नक्सालका ४० वर्षीय आदित्य अर्याल छन् । उनीहरू विरुद्ध  लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...