प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा अवस्था खस्किँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ पुस । नेपालमा प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको अवस्था पछिल्लो समय खस्किँदै गएको विभिन्न रिपोर्टले देखाएको छ । ‘मिडिया एक्सन नेपाल’ र ‘आर्टिकल १९’ को संयुक्त रिपोर्टले नेपालमा महिला र सीमान्तकृत समुदायका पत्रकारहरूले कार्यस्थल र अनलाइन दुवैमा चुनौती भोगिरहेको देखाएको हो ।
‘मिडिया एक्सन नेपाल’ र ‘आर्टिकल १९’ ले सन् २०२६ को विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि संयुक्त रूपमा तयार पारेको रिपोर्टले नेपालको मिडिया क्षेत्रका यी समस्याहरूलाई उजागर गरेको हो । मे २०२५ मा देशभरका महिला पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूसँग गरिएको परामर्शका आधारमा यो रिपोर्ट तयार पारिएको हो ।
रिपोर्टले महिला पत्रकारहरूले भोग्नुपरेको विभेद र असुरक्षालाई मुख्य मुद्दा बनाएको छ । तथ्यांकअनुसार सन् २०२३ देखि २०२४ को बीचमा २९ जना महिला पत्रकारले कार्यस्थलमा हुने दुर्व्यवहार र असुरक्षाका कारण पेसा छाडेका छन् । समाचार कक्षमा हुने लैङ्गिक विभेद, पारिश्रमिकमा असमानता र नेतृत्वदायी भूमिकाबाट वञ्चित गरिनु महिला पत्रकारका लागि ठूलो बाधा बनेको छ ।

साथै, अनलाइनमा हुने ‘ट्रोलिङ’, ‘डक्सिङ’ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने) र यौन हिंसाका धम्कीहरूले महिला पत्रकारहरूलाई सेल्फसेन्सरसिप तर्फ धकेलेको रिपोर्टले देखाउँछ । दलित महिला पत्रकारहरूको हकमा यस्तो विभेद र जोखिम अझ बढी रहेको पाइएको छ । रिपोर्टअनुसार, नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक ग्यारेन्टी गरे तापनि ‘विद्युतीय कारोबार ऐन-२०६३’ को दफा ४७ पत्रकारलाई दुःख दिने मुख्य हतियार बनेको छ । यस ऐनको प्रावधान अस्पष्ट र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड विपरीत रहेको रिपोर्टमा दाबी गरिएको छ ।
यस्तै, सरकारले ल्याउन लागेको ‘सामाजिक सञ्जाल विधेयक’ र ‘मिडिया काउन्सिल विधेयक’ प्रति पनि नागरिक समाजले गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल विधेयकले बिना न्यायिक प्रक्रिया सरकारलाई सामग्री हटाउने र निगरानी गर्ने शक्ति दिने रिपोर्टमा उल्लेख छ । मिडिया काउन्सिल विधेयकले हालको प्रेस काउन्सिलको स्वायत्तता खोसेर सरकारी नियन्त्रण बढाउने आशंका गरिएको छ ।
सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नेपाल ९०औँ स्थानमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ स्थानको गिरावट हो । सन् २०२३ देखि २०२५ सम्ममा ७० भन्दा बढी पत्रकारहरूले भौतिक वा कानुनी धम्की सामना गरेका छन् ।
पत्रकार सुरेश रजकको हत्या र सविना कार्की जस्ता पत्रकारहरूमाथि भएका आक्रमणहरूले फिल्डमा खटिने पत्रकारहरूको सुरक्षा स्थिति कमजोर रहेको पुष्टि गर्छ । यस्ता घटनाका दोषीहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढेको रिपोर्टमा उल्लेख छ ।
यो रिपोर्ट नोभेम्बर २८, २०२५ मा जेनेभामा आयोजित यूपीआर पूर्व-सत्रमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले औपचारिक वक्तव्यका रूपमा प्रस्तुत गरिसकेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...