पूर्व गृहमन्त्री लेखकको स्थान हद फुकुवा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ पुस । जेन-जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई स्थान हद फुकुवा गरेको छ । भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने भन्दै असोज १२ मा निर्णय गरेको थियो । लेखकको बयान सकिसकेकोले बिहीबार आयोगले स्थान हद फुकुवा गरेको हो ।
आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन  गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो ।

यसैबीच २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।
आयोगले लेखकसँग सोमबार र बुधबार दुई दिन बयान लिएको थियो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी छ । ओलीलाई करिब एक साताको अवधि दिएर बयानमा बोलाउने योजना छ । उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...