हेरिटेज नेपाल न्यूज

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित एक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ पुस । प्रहरीले ६५ लाख भन्दाबढी चोरीको नगद तथा गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा घरभई काठमाडौं महानगरपालिका-२ खुर्सीनिटार बस्ने २४ वर्षीय दुर्गा बहादुर केसी छन् ।
पुस १२ (शनिबार) ११:३० मा काठमाडौं महानगरपालिका-४ बलुवाटारस्थित स्टोर्म नेटवर्क प्रालिको ४८ लाख ७२ हजार ६२० रूपैयाँ र ईको भ्याली प्रालिको ८ लाख ५८ हजार ५४१ रूपैयाँ चोरी भएको घटना सम्बन्धमा चोरी गर्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा केसीलाई चोरी गरेको ६५ लाख १७ हजार १४० रूपैयाँ नगद सहित पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । केसीलाई प्रहरीले दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट चाँदीको ब्रास्लेट १५ थान, चाँदीको सिक्का २८ थान, चाँदी १ थान, ल्यापटप १ थान तथा नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका केसीको प्रहरी वृत्त मालीगाउँबाट थप अनुसन्धान भइरहेको एसपी भट्टराई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...