६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित एक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ पुस । प्रहरीले ६५ लाख भन्दाबढी चोरीको नगद तथा गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा घरभई काठमाडौं महानगरपालिका-२ खुर्सीनिटार बस्ने २४ वर्षीय दुर्गा बहादुर केसी छन् ।
पुस १२ (शनिबार) ११:३० मा काठमाडौं महानगरपालिका-४ बलुवाटारस्थित स्टोर्म नेटवर्क प्रालिको ४८ लाख ७२ हजार ६२० रूपैयाँ र ईको भ्याली प्रालिको ८ लाख ५८ हजार ५४१ रूपैयाँ चोरी भएको घटना सम्बन्धमा चोरी गर्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा केसीलाई चोरी गरेको ६५ लाख १७ हजार १४० रूपैयाँ नगद सहित पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । केसीलाई प्रहरीले दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट चाँदीको ब्रास्लेट १५ थान, चाँदीको सिक्का २८ थान, चाँदी १ थान, ल्यापटप १ थान तथा नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका केसीको प्रहरी वृत्त मालीगाउँबाट थप अनुसन्धान भइरहेको एसपी भट्टराई जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...