काठमाडौं, १६ पुस । प्रहरीले भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसको डिक्की भित्रबाट भन्सार छलि ल्याएकाे २८ बोरा मोबाइलको पार्टस (टेम्पर ग्लास) सहित बस चालक पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर, बेलौरी नगरपालिका-६ का २५ वर्षीय महेश चौधरी छन् । प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका-४ स्थित बाफलबाट उक्त बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस बरामद गरेको छ । जसमध्ये, २७ बोरामा १५०० पिस टेम्पर ग्लास, ४०५०० पिस रुपैयाँ ३५ (१ पिसको अन्दाजी मूल्य) जम्मा रु.१४ लाख १७ हजार ५ सय र १ बोरामा १०० पिस यएरवर्डस्, १ पिसको अन्दाजी मूल्य ८ सय रूपैयाँको दरले ८० हजार रूपैयाँ गरि १४ लाख ९७ हजार ५ सय रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । प्रहरीले सामान सहित बस चालकलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको जनाएको छ ।



