भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ पुस । प्रहरीले भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसको डिक्की भित्रबाट भन्सार छलि ल्याएकाे २८ बोरा मोबाइलको पार्टस (टेम्पर ग्लास) सहित बस चालक पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर, बेलौरी नगरपालिका-६ का २५ वर्षीय महेश चौधरी छन् । प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका-४ स्थित बाफलबाट उक्त बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस बरामद गरेको छ । जसमध्ये, २७ बोरामा १५०० पिस टेम्पर ग्लास, ४०५०० पिस रुपैयाँ ३५ (१ पिसको अन्दाजी मूल्य) जम्मा रु.१४ लाख १७ हजार ५ सय र १ बोरामा १०० पिस यएरवर्डस्, १ पिसको अन्दाजी मूल्य ८ सय रूपैयाँको दरले ८० हजार रूपैयाँ  गरि १४ लाख ९७ हजार ५ सय रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । प्रहरीले सामान सहित बस चालकलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...