काठमाडौं, १५ पुस । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानराम श्रेष्ठ नियुक्त भएका छन् । पुस ११ (शुक्रबार) निवर्तमान अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शशिजंग थापाले राजीनामा दिएपछि रिक्त भएको अध्यक्ष पदपूर्तिका लागि श्रेष्ठलाई नियुक्त गरेको हो ।
बागमती प्रदेश मन्त्री परिषद्ले आइतबार थापाको राजीनामा स्वीकृति गरेर मध्यपुर थिमि निवासी श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । श्रेष्ठ राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।



