पोटरी स्क्वायरमा स्ट्रिट फेस्टिभल

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १२ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एकीकृत हाकुज्या प्रजापति समाज र कल्चर क्याफे एण्ड बारको संयुक्त आयोजनामा पुस ११ र १२ गते हुने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको चाखमा माटोको भाडा बनाएर उद्घाटन गरेकम छन् ।
सडक महोत्सव पूर्ण सफलताको शुभकामना दिँदै भाषा, कला र संस्कृति बचाउन सकेमात्र हामीले आफ्नो पहिचान कायम गर्न सकिने बताए ।
उनले माटोको भाडा बनाउने काम मानव विकास र सभ्यतासँग जोडिएको विषय हो भन्दै यो पेशा प्रजापति समुदायको मुख्य पेशा र रोजगारीको प्रमुख स्रोत पनि भएको बताए।
पुराना सीपहरू संरक्षण गर्नु भनेको नयाँ पुस्तालाई मानव सभ्यतासँग परिचित गराउनु पनि हो भन्दै उनले माटोको भाडा बनाउने पेशामा धेरै चुनौती थपिएतापनि यहाँका समुदायहरूले यसलाई जीवन्तता दिने काम गर्दै आएको सराहनीय भएको उनले बताए।

भक्तपुरको तालाको क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि एकदम महत्त्वपूर्ण ठाउँ भएको बताउँदै उनले भक्तपुर नगरपालिकाले विदेशी पर्यटकको मात्र भर नपरी आन्तरिक पर्यटन प्रवर्धनमा पनि जोड दिँदै आएको बताए।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव र विभिन्न समयमा आयोजना गरेका ससाना महोत्सवहरुले गर्दा भक्तपुरलाई वर्षैभरि महोत्सवमय बनाउन टेवा पुर्‍याएको बताउँदै पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभिप्रायले पनि भक्तपुर नगरपालिकाले विविध गतिविधिहरु सञ्चालनमा जोड दिँदै आएको बताए।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नाचगानको राजधानी भक्तपुरलाई सार्थक रूप दिन स्थानीय स्तरबाट भएका यस्ता महोत्सव आयोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तालाको क्षेत्र ऐतिहासिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण ठाउँ भएकोले यसको संरक्षण, सम्वर्धन र प्रवर्द्धन गर्न पनि महोत्सव आयोजना गरिएको बताए।

कार्यक्रमका सभापति हाकुज्या प्रजापति समाजका अध्यक्ष बालकृष्ण प्रजापतिले कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन सबैको साथ र सहयोग रहने अपेक्षा गर्दै भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि यस्ता गतिविधिमा साथ दिँदै जाने विश्वास व्यक्त गरेका छन् ।
भक्तपुर नपा वडा नं ४ का वडा सदस्य कृष्णसुन्दर प्रजापतिले कुम्ह त्वबाट परिचित यस ठाउँमा जन्मदेखि मृत्युसम्मलाई चाहिने माटाका भाडाकुडाहरु बनाइने बताउँदै भक्तपुरको परम्परागत पेशालाई आधुनिकतासँगै परिमार्जित गरि अगाडि बढ्न सके नयाँ पुस्तालाई पनि यसप्रति आकर्षित गर्दै लान सकिने बताए।
कार्यक्रम संयोजक उकेश प्रजापतिले भक्तपुरको मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले स्ट्रीट फेस्टिबलको आयोजना भएको बताए। शुक्रबार र शनिबार हुने फेस्टिभलमा खाद्य, कृषि, माटाका भाडाकुडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...