भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ५ पुस पुष । भक्तपुर नगरपालिकाले यही पुस ८, ९, १० र ११ गते विद्यालयका बालबालिकाहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा भक्तपुर नपाभित्र सञ्चालित संस्थागत र साुमदायिक विद्यालयका शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । शिविरको विषयमा शुक्रबार प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला गरेको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर अहिले प्रगतिको मार्गमा अगाडि बढिरहेको बताएका छन् । भक्तपुरका सामुदायिक र निजी विद्यालयहरु शैक्षिक गुणस्तरमा समान रुपमा अगाडि बढिरहेको बताउँदै उनले यहाँ अध्ययनरत प्रत्येक नागरिकहरुलाई स्वस्थ बनाउने उद्देश्यले स्वास्थ्य क्षेत्रलाई जोड दिँदै १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण भएसँगै जनताले सहज र सुलभ रुपमा क्यान्सर उपचार सेवा गर्न पाइरहेको बताउँदै भक्तपुर नपाले टोल टोलमा विभिन्न रोगको स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको जानकारी दिए । भक्तपुर नपाले जापान सरकारको प्राविधिक सहयोगमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र पनि सञ्चालन गरिरहेको बताउँदै भक्तपुरलाई सहज र व्यवस्थित उपचार हुने र स्वस्थ नागरिक बसोबास गर्ने ठाउ बनाउने सोच रहेको बताएका छन् ।

कार्यक्रममा ख्वप अस्पतालका छात्ती रोग विशेषज्ञ डा. अमर प्रजापतिले जन्मजात हृदय रोगलाई समयमै उपचार गर्न सके भविष्यमा मुटु रोगको जोखिम कम हुने बताउँदै बालबालिकाहरुमा देखिने मुटु रोगका लक्षणहरुलाई अभिभावकले संवेदनशीलताका साथ लिनुपर्ने बताएका छन् । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले शिविरमा नगरभित्रका ३५ हजार ८८० जनाको हाराहरीमा विद्यार्थीहरुको सहभागिता रहने र पुस १० गते सार्वजनिक बिदा भए पनि उक्त दिन मुटु परीक्षण शिविर सञ्चालन गरिने जानकारी दिए।
नगर शिक्षा शाखा प्रमुख साधुराम फुयालले शिक्षा र स्वास्थ्य एउटै सिक्काका दुई पाटा हुन् भन्दै बालबलिकाको मुटु परीक्षणले सम्भावित जोखिम न्युनीकरणमा मद्दत पुग्ने बताए । चीनको खुनमिङ चिकित्सा विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्ययनरत कृष्ण गरुले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै मुटु परीक्षण गरिएका विद्यार्थीमध्ये मुटुमा गम्भीर समस्या देखिएकाहरुलाई निःशुल्क उपचार गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...