काठमाडौं, ३ पुस । ललितपुरमा एक जना युवकको शव इनारभित्र बोरामा बाँधिएको अवस्थामा फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो।
हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको र नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेकाे ललितपुर प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।
- उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको जोशीले जानकारी दिए। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए। ‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको छ, यसबारे अनुसन्धान भईरहेको छ,’ उनले भने ।



