हेरिटेज नेपाल न्यूज

कुनै पार्टीमा प्रवेश गरेको छैन: डा.रौशन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ३ पुस । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश नगरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । डा. रौशनले बुधवार विज्ञप्ती जार्दै व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेश भनी प्रचार गरेको भन्दै खेद प्रकट  गरेका हुन् । ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेसु भनि म कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशन ने.क.पा.मा प्रवेश गरिएको भनी विभिन्न सञ्जालमार्फत मैले जानकारी पाएको हुँदा मेरो व्यक्तिगत भेटघाट क्रमलाई पार्टी प्रवेश भनी भ्रामक प्रचार गरिएकोमा निकै दुःख लागेको छ, त्यसप्रति म खेद प्रकट गर्दछु’ विज्ञप्तीमा उल्लेख छ ।
आफु चिकित्सक पेशामा आबद्ध भइ सेवा गरिरहेकोले सम्पूर्ण राजनीतिक दलसँग सुमधुर सम्बन्ध रहेको बताउँदै कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको जानकारी समेत दिएका छन्। ‘म हालसम्म चिकित्सक पेशामा आबद्ध भई सेवा गरिरहेको हुँदा मेरो सम्पूर्ण राजनीतिक दलसँग सम्बन्ध सुमधुर रहेको जानकारी गराउँदैं म कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको जानकारी गराउँदछु,’विज्ञप्तीमा उल्लेख छ । उनले राजनीति भन्दा पनि पेशा प्रति समर्पित भई सेवालाई निरन्तरता दिने जानकारी समेत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...