ललितपुर महानगरको समृद्धिमा योगदान पुर्याउनेलाई पुरस्कार

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २ पुस । ललितपुर महानगरको विकासमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई ललितपुर महानगरले महानगर गौरव पुरस्कारद्धारा सम्मान गरेको छ । महानगरको १०७ औं स्थापना दिवसको अवसरमा विशेष योगदान पुर्याउने संस्था र व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको विकास र समृद्धिमा योगदान पुर्याउनेको सम्मानमा पुरस्कृत गरिएको बताए ।
पुरस्कृत हुनेमा कला साहित्य र सामाजिक सेवा तर्फ धर्मलाल महर्जन, खेलकुद(कराते) तर्फ रवि महर्जन, कला र नृत्य तर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचार तर्फ नारायण किलम्बु , संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ , विपद् व्यवस्थापन तर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो । पुरस्कृत व्यक्ति र संस्थालाई एक-एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।  उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्र्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...