ललितपुर, २ पुस । ललितपुर महानगरको विकासमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई ललितपुर महानगरले महानगर गौरव पुरस्कारद्धारा सम्मान गरेको छ । महानगरको १०७ औं स्थापना दिवसको अवसरमा विशेष योगदान पुर्याउने संस्था र व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको विकास र समृद्धिमा योगदान पुर्याउनेको सम्मानमा पुरस्कृत गरिएको बताए ।
पुरस्कृत हुनेमा कला साहित्य र सामाजिक सेवा तर्फ धर्मलाल महर्जन, खेलकुद(कराते) तर्फ रवि महर्जन, कला र नृत्य तर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचार तर्फ नारायण किलम्बु , संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ , विपद् व्यवस्थापन तर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो । पुरस्कृत व्यक्ति र संस्थालाई एक-एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्र्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।



