काठमाडौं, २ पुस । काठमाडौं महानगरपालिका-१४ बल्खुमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । बुधबार बिहान ग २ ख २०३९ नम्बरको ट्रकले बा.प्र. ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
यसैगरी, उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोधा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।



