जेन-जी आन्दोलनको क्रममा भदौ २४ जलाइएको प्रहरी वृत्त बानेश्वरको सेवा पुन:सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ मंसिर । प्रहरी वृत्त नयाँ बानेश्वरले तीनकुनेमा रहेको आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि ध्वस्त बनेको भवन प्रबलीकरण पछि सेवा पुन: सुरु भएको हो ।
भवन जलेपछि यहाँबाट प्रदान हुने सेवा प्रहरीले बानेश्वरस्थित नागरिक लगानी कोषको पुरानो भवनबाट दिँदै आएको थियो । जलेको भवनको मर्मत स्थानीयले गरेका हुन् । प्रहरी वृत्त नयाँ बानेश्वरको निमार्णको लागि बनेको भवन निर्माण समितिका संयोजक रमेश श्रेष्ठका अनुसार ७ कोठाको नयाँ भवन निर्माण पुरानो एक भवनको प्रबलीकरणको काम सकेर हस्तान्तरण गरिएको हो । बाँकी एक भवनको प्रबलीकरण भने न्यौपाने टावरले गर्ने उनले बताए ।  ‘हामीले ६० लाखभन्दा बढी खर्च गरेर एक नयाँ भवन र प्रबलीकरणको काम गरेका छौं,’ श्रेष्ठले भने, ‘शौचालय, बिजुली बत्ती, पानीलगायतका विभिन्न काम पनि भएका छन् । अझै धेरै केही काम बाँकी नै छ ।’
भवन निमार्णकै क्रममा भएकाले अझै पनि थुनुवा कक्ष भने सञ्चालनमा छैन । पक्राउ परेकाहरुलाई कोटेश्वर र काठमाडौं प्रहरी परिसरमा राख्ने गरिएको वृत्त प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पुरानै लयमा सेवा सुरु हुन भने केही दिन लाग्नेछ ।
प्रदर्शनकारीले यहाँका प्रहरीलाई कुटपिटसमेत गरेका थिए । ज्यान जोगाउन खोलामा पसेका प्रहरीलाईसमेत लखेटी लखेटी ढुंगा मुढा प्रहार गरेका थिए । प्रहरीले चौकी छाडेपछि १३ महिने बालिका बलात्कारको आरोपमा पक्राउ परेकासहित ६० जनाभन्दा बढी थुनुवा भागेका थिए ।
नयाँ बानेश्वर वृत्तले काठमाडौं महानगरपालिकाका वडा नं १०, ३१ र ३२ का साथै कागेश्वरी मनहरा नगरपालिकाका वडा नं ७, ८ र ९ हेर्छ । काँडाघारी र कोटेश्वर प्रभाग यही वृत्त अन्तर्गत छन् । २३ र २४ भदौमा नयाँ बानेश्वरस्थित प्रहरी वृत्तसहित देशभरका ४६५ प्रहरी कार्यालयमा आक्रमण गरेर क्षति पुर्‍याइएको थियो । तीमध्ये ११८ प्रहरी कार्यालयमा पूर्ण क्षति पुगेको थियो । त्यस मध्येपनि सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यकामा भएको थियो  ।
भदौ २४ को प्रदर्शनका क्रममा काठमाडौं जिल्लाको मात्र ९७ प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको तथ्यांक प्रहरीसँग छ । प्रदर्शनकारीले प्रहरीको हतियार लुटपाटसँगै ब्यारेकमा रहेका प्रहरी पोसाक र व्यक्तिगत सामान पनि जलेका थिए । त्यो दिन प्रहरीका गाडी, मोटरसाइकल, कम्प्युटर, कागजात पनि नष्ट पारिएका थिए ।
भवन जलेका अरु कार्यालयहरुले पनि मातहतका विभिन्न कार्यालयमा रहेर सेवा दिँदै आएका छन् । जिल्ला प्रहरी परिसरको तथ्यांकअनुसार प्रहरी प्रभाग साँखु, प्रहरी चौकी स्युचाटार, प्रहरी बिटहरू मूलपानी, बौद्धनाथ स्तुप, वीरेन्द्रचोक(काँडाघारी) सहित अस्थायी प्रहरी बिट सुन्धारा र परोपकार बिटमा क्षति पुगेपछि नजिक रहेका मातहतका कार्यालयबाट सञ्चालनमा आएका छन् ।

प्रहरी वृत्तहरूले भने पुराना भवनको मर्मत-सम्भार नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छन् । प्रहरी वृत्त गौशाला पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकको धर्मशाला र प्रहरी वृत्त जनसेवा वडाको सांस्कृतिक भवनबाट सेवा सञ्चालन गरिएको छ । पहिले मुद्दा शाखा, प्रवर्द्धन शाखा, विशेष शाखालगायतका विभिन्न शाखाका अहिले दुई/तीन कोठा र पालबाट सञ्चालन हुँदा समस्या भएको वृत्तका प्रहरीहरु बताउँछन् ।
२४ भदौमा प्रदर्शनकारीले काठमाडौंमा ३ प्रहरीको ज्यान लिएका थिए । सिन्धुलीका प्रहरी सहायक निरीक्षक मलन राय, कास्कीका प्रहरी सहायक हवल्दार अमृत गुरुङ र दार्चुलाका प्रहरी जवान उत्तमसिंह थापाको प्रदर्शनकारीको कुटपिटबाट मृत्यु भएको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...