राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ मंसिर । विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेकोपरिपत् छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर-१३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो।
उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को परिच्छेद ६ को दफा ४१ अनुसार अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...