काठमाडौं, २९ मंसिर । विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेकोपरिपत् छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरी परिचय पत्र बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
विवरण दर्ता अपरेटरको रूपमा कार्यरत महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर-१३ बस्ने २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरेको हो।
उनीहरूलाई सिआइबीले शनिबार पक्राउ गरेको सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को परिच्छेद ६ को दफा ४१ अनुसार अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।




