समयमै निर्वाचन गरेर सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ मंसीर ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा योजित किताब जात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन्।

‘संवेदनशिल समयमा सरकारमा सहभागी छौं। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायीत्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,’ उनले भने।

उनले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्‍याएको भन्दै प्रसंसा गरका थिए। उनले शिक्षाभन्दा ठूल संसारमा केही नभएकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताएका थिए। शिक्षा अँध्यारो हटाउने उज्यालो ज्योति भएकाले जीवनका प्रत्येक पलमा पठन संस्कृतिलाई अंगाल्न आग्रह गरेका थिए। फाउन्डेशनले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनार्थ सात वर्षदेखि निरन्तर ‘किताब जात्रा’ कार्यक्रम गर्दै आएको छ।

कार्यक्रममा सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षा गरिने किताब जात्रा फेष्टबलका निर्देशक ऋषिराम अधिकारीले बताए। ‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ उनले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिइएको उनले बताए।
उनले पठन संस्कृतिको विकासका लागि नेपाल मात्र नभएर देश बाहिर पनि यस्तै खाले कार्यक्रम गर्दै आएको बताए। उनले देशभित्र र बाहिर गरेर १५ वटा कार्यक्रम गरिसकेको जानकारी दिएका छन्।

फेस्टिबलमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति रहने छन्।  कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। फेस्टिबलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।

महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराइ मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइएको छ। स्वस्ती बाचनबाट सुरु गरिएको किताब जात्राको उद्घाटनका क्रममा लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता बाचन, एआई साहित्यलगायतको प्रदर्शनसमेत गरिएको थियो।

साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानिया, रुपेश श्रेष्ठ, विराट अनुपम, संजय सिलवाल गुप्ता, सम्पदा लिम्बु, विश्व लिम्बू, उत्सव रसाइली, दीपक राज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लब प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराईलगायत व्यक्तिहरू विभिन्न सेसनका बक्ता रहने छन्।

यसैगरी किताब जात्रा फेष्टिबलका अवसर पारेर किताब यात्रा फाउण्डेशनले दुई जना व्यक्तित्वलाई १ लाख ११ हजार १११ ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...