जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न ४८ आपराधिक पृष्ठभूमिको पुष्टि

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ मंसिर । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा पक्राउ परेकामध्ये  ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेका २९८ जनामध्ये ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा पक्राउ परेका र मुद्दा दर्ता भएका प्रतिवादीहरू हुन् ।

उनीहरूमध्ये ४ जनालाई कर्तव्य ज्यान, २९ जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुर, ४ जनालाई चोरीसम्बन्धी कसुर, ४ जनालाई अभद्र व्यवहारसम्बन्धी कसुर, ७ जनालाई हातहतियारसम्बन्धी कसुर र १ जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।यसमध्ये एक जना भने आपराधिक उपद्रव र चोरीसम्बन्धी दुवै कसुरमा अनुसन्धानमा छन् ।
उनीहरू विरुद्ध यस अगाडि पनि ज्यान मार्ने, अभद्र व्यवहार, आपराधिक उपद्रव, सार्वजनिक अपराध, किर्ते, बैंकिङ कसुर, लागुऔषध, कुटपिट-अंगभंग, चोरी, ठगीजस्ता मुद्दा दर्ता भएको पाइएको एसपी भट्टराईले जानकारी दिए।

भदौ २४ को प्रदर्शनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित ९७ प्रहरी कार्यालय तथा भाटभटेनीसहित निजी कम्पनी/निजी घरमा पनि तोडफोड, लुटपाट र आगजनी भएको थियो । सो क्रममा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...