नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमिमा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ मंसिर । नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमि आइपुगेको छ ।आइतबार आइपुगेको दक्षिण कोरिया सरकार, सामसुङ्ग अस्पताल कोरिया (अस्पताल निर्माण तथा व्यवस्थापन सम्बद्ध संस्था) र कोइकाको प्रतिनिधिमण्डलले निर्माणाधीन अस्पताल भवन निरीक्षण, भविष्यमा नयाँ भवनबाट विस्तार गरिने सेवा-सुविधा, आवश्यक पर्ने उपकरणको पहिचान, अस्पतालका कर्मचारी तथा प्राविधिकलाई तालिम प्रदान गर्ने मध्यपुर थिमी नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए । जे-ह्युन काङ (परियोजना प्रबन्धक/निर्देशक, स्वास्थ्य सेवा योजना विभाग, सामसुङ अस्पताल), जुङ-योन सिम प्राध्यापक, बालरोग विभाग,काङबुक सामसुङ अस्पताल),
चाङ-बो नोह (टोली नेता, स्वास्थ्य सेवा योजना विभाग, काङबुक सामसुङ अस्पताल), वोन-काङबुक, जुङ पार्क,सिया पार्क,क्यु-प्यो होङ,ब्याङ-सन युन, साङ-मी चिनलगायतका  प्रतिनिधिमण्डलका सदस्यहरू अस्पतालको क्षमता अभिवृद्धि गर्ने उद्देश्य साथ आएको जनाएको छ ।

दक्षिण कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मध्यपुर थिमिमा निर्माण भइरहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भवन निर्माण कार्य भईरहेकाे छ । करिब १ अर्ब २५ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको अस्पताल सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको र भवनको स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको बताइएको छ।
मित्रताको प्रतीक र अग्रणी सेवा केन्द्र कोरिया सरकारको आर्थिक,प्राविधिक सहयोगमा निर्माण भइरहेको यो भवन सम्पन्न भएपछि मुलुककै अग्रणी अस्पतालका रूपमा अघि बढ्नेछ । यो अस्पताल दक्षिण कोरिया सरकार र नेपाल सरकारबीचको दीर्घकालीन मित्रताको प्रतीक को रूपमा रहनेछ। हाल अस्पतालले दैनिक करिब १ हजार जना भन्दाबढी बिरामीलाई सेवा प्रदान गरिरहेको भक्तपुर जिल्ला र आसपासका जिल्लाहरु देखि नेपाल भरीबाटै बिरामिहरु सेवा लिन आईरहेको अस्पताल प्रशासन प्रमुख रूपेश श्रेष्ठले जानकारी दिए । गतआर्थिकवर्ष ०८१/८२ मा करिब २ लाख भन्दाबढी बिरामीको उपचार अस्पतालबाट भएको तथ्यांक छ ।
अस्पतालमा छाला रोग र आईपिडी सेवासहित डायलिसिस सेवा, ​हाडजोर्नी सेवा,सर्जरी सेवा, स्त्रीरोग, दन्त सेवा, मुटुरोग सेवा, बालरोग सेवा, छाला रोग सेवा, आईपिडी सेवा (भर्ना तथा अन्तरंग विभाग सेवा, ​२४ सै घण्टा इमरजेन्सी सेवा, ​आईसियु सेवा, ब्ल्ड वैंक संचालन  तथा नेपाल सरकारको स्वास्थ्य बिमा संचालनमा रहेको छ । स्वास्थ्य बिमाको लक्ष्य अनुरुप बढीभन्दा बढी बिरामिलाई सेवा दिने लक्ष्यमा अस्पताल अगाडी बढिरहेको जनाएको छ ।

बिमाबापतको रकम सहजरुपमा प्राप्त भए सेवा विस्तारमा थप सहज हुने र मध्यपुर थिमि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सेवा प्रवाहलाई सहजरुपमा अगाडी बढाईएको उपप्रमुख श्रेष्ठ बताउँछन् । स्वच्छ वातावरणका लागि सरसफाई, स्वस्थ खानेपानीको उपलब्धता, बिरामीहरुको लागि बस्ने आरामदायी स्थानको उपलब्धतालगायत पुर्वाधार विकासमा अस्पताल प्रशासन लागिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...