हेरिटेज नेपाल न्यूज

भक्तपुरमा योमारी उत्सव गरिने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाले आगामी शनिबार योमरी उत्सव गर्ने भएको छ ।नगरपालिकाको आयोजनामा मंसिर २० गते भक्तपुरको दत्तात्रय क्षेत्रमा ऐतिहासिक एवम् सांस्कृतिक पर्व योमरी पूर्णिमाको अवसरमा हुने योमारी उत्सवको तयारीस्वरुप बुधबार नगरपालिकाका कर्मचारीहरुको भेला गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आयोजनामा हुने योमारी उत्सव भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने सिलसिलाको रुपमा रहेको बताए । उनले योमारी उत्सवमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जनसमुदायको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गर्दै भक्तपुरलाई सँधै चलायमान र सक्रिय बनाउन पनि नपाले विविध गतिविधिहरुको आयोजना गर्दै आएको बताए ।
नगरपालिकाका गतिविधिहरुलाई जनताले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताउँदै उनले जनतालाई सामाजिक गतिविधिमार्फत सक्रिय बनाउने अभियानको रुपमा यो उत्सव मनाइने बताएका छन् । भक्तपुरलाई सफा र सुन्दर बनाउने संकल्प लिएर नगरपालिका अगाडि बढिरहेको उनी बताउँछन् ।
कार्यत्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले मंसिर २० गते हुने योमारी प्रतियोगिताको हालसम्मको तयारीबारे जानकारी दिँदै प्रतियोगिताको उद्घाटन र्यालीमा ठूलो आकारको योमरी प्रदर्शन, ७-८ वटा वडाहरुबाट बाजा प्रस्तुती, स्थानीय उत्पादन, खाद्य उत्सवर सांस्कृतिक कार्यक्रमहरु पनि हुने बताए। नेवार समुदायले बिहीबार योमरी पुन्हि मनाउँदै छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...