भक्तपुरमा योमारी उत्सव गरिने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १७ मंसिर । भक्तपुर नगरपालिकाले आगामी शनिबार योमरी उत्सव गर्ने भएको छ ।नगरपालिकाको आयोजनामा मंसिर २० गते भक्तपुरको दत्तात्रय क्षेत्रमा ऐतिहासिक एवम् सांस्कृतिक पर्व योमरी पूर्णिमाको अवसरमा हुने योमारी उत्सवको तयारीस्वरुप बुधबार नगरपालिकाका कर्मचारीहरुको भेला गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आयोजनामा हुने योमारी उत्सव भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने सिलसिलाको रुपमा रहेको बताए । उनले योमारी उत्सवमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जनसमुदायको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गर्दै भक्तपुरलाई सँधै चलायमान र सक्रिय बनाउन पनि नपाले विविध गतिविधिहरुको आयोजना गर्दै आएको बताए ।
नगरपालिकाका गतिविधिहरुलाई जनताले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताउँदै उनले जनतालाई सामाजिक गतिविधिमार्फत सक्रिय बनाउने अभियानको रुपमा यो उत्सव मनाइने बताएका छन् । भक्तपुरलाई सफा र सुन्दर बनाउने संकल्प लिएर नगरपालिका अगाडि बढिरहेको उनी बताउँछन् ।
कार्यत्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले मंसिर २० गते हुने योमारी प्रतियोगिताको हालसम्मको तयारीबारे जानकारी दिँदै प्रतियोगिताको उद्घाटन र्यालीमा ठूलो आकारको योमरी प्रदर्शन, ७-८ वटा वडाहरुबाट बाजा प्रस्तुती, स्थानीय उत्पादन, खाद्य उत्सवर सांस्कृतिक कार्यक्रमहरु पनि हुने बताए। नेवार समुदायले बिहीबार योमरी पुन्हि मनाउँदै छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...