हेरिटेज नेपाल न्यूज

भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

Date:

Share post:

काठमाडौं, १५ मंसिर । सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्री खरेलका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको छ।
यस्तै, माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय भएको जानकारी दिएको छ।
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ भने कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको उनको भनाइ छ।
त्यस्तै, सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको छ। <span;>विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ भने वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको...

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...