हेरिटेज नेपाल न्यूज

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) र प्रमुख कर्जा अधिकृत (सिसिओ) लाई पक्राउ गरेको छ । आइतबार सिआइबीले प्रभु बैंकका सिईओ बागलुङ, कालिका-५ का ५४ वर्षीय अशोक शेरचन, डिसिईओ गोरखा, पालुङटार नगरपालिका-२ खोप्लाङका ५६ वर्षीय मणिराम पोखरेल र सिसिओ सुनसरी, इटहरी उपमहानगरपालिका-४ का रिवास श्रेष्ठलाई  पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले बताए।
उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान अघि बढाएको थियो। राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानून विपरीत प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करौडौं रकम कर्जा प्रवाह गरी दुरूपयोग गरको आरोप छ। उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...