ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

Date:

Share post:

Changunarayan Nagarpalika

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ । विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिबार उद्घाटन गरे । महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडाबासीको स्वास्थ्यप्रति संवेदनशील भएर विषादी परीक्षण केन्द्र संचालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए ।
वडा नं.३ का वडा अध्यक्ष श्री गोपाल महर्जनले विषादीको प्रयोग भएको तरकारी लगायत अन्य खानेकुराको प्रयोगले मानिसमा प्राणघातक रोगको जोखिम बढेको बताए । उनले भने, ‘वडाबासीको स्वास्थ्यप्रति जिम्मेवारी बोध भएर यो केन्द्र संचालनमा ल्याएका हौँ ।’ वडाले तरकारीको स्याम्पल कलेक्सन गरेर परीक्षण गर्ने बताए । उनले परीक्षण गर्दा विषादी प्रयोग भएको पुष्टि भए कारबाहीको प्रक्रिया अघि बढाउने बताए । तत्कालको लागि यो परीक्षण वडा नंं ३ भित्र मात्रै गरिनेछ । उनले भने, ‘परीक्षणको लागि धेरै ठाउँबाट माग आएको छ, तर अहिले हाम्रो प्राथमिकता वडा नं. ३ मात्रै हो, क्षमता विस्तार गरेर मात्रै अन्य ठाउँकोलाई यो सुविधा दिन्छाैँ।’ वडा नं. ३ ले विषादी रहित तरकारी विक्रीको लागि  छुट्टै बजार संचालन गर्ने तयारी समेत गरेको छ । वडा अध्यक्ष श्री गोपाल महर्जनले नागरिकको स्वास्थ्यलाई सधै प्राथमिकतामा राखेको बताउँदै चेतना स्तर बढाउन समेत वडाले सिर्जनशील काम गरेको बताए ।
ललितपर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले जस्तै महानगरको वडा नं. ३ ले पनि देशभरका स्थानीय तहका अन्य वडाहरुले भन्दा पृथक काम गरेको दाबी गरे  । उनले भने, ‘स्मार्ट सडक बत्ती हामीले पहिला जडान गर्यौं, हाइमास्ट बत्ती हामीले जडान गर्यौं साइकल लेन पहिला हामीले बनायौँ , म्यानमेड ग्रिनरी युक्त सहर हामीले पहिला बनायौँ भने जस्तै विषादी परीक्षण गर्ने केन्द्र संचालन गर्ने काममा हाम्रो पालिकाको वडा नं.३ पहिला भयो ।’ राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले महानगरजस्तै वडा नं.३ पनि उत्कृष्ट र पृथक काम गर्न अब्बल रहेको बताए । विषादी परीक्षण केन्द्र स्थापनाले नागरिकको स्वास्थ्य प्रति वडा संवेदनशील भएको पुष्टि गरेको बताए ।
त्यसैगरी, कार्यक्रममा २०८१ सालको एसइइ परीक्षा र कक्षा १२को परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन भत्ता समेत वितरण गरिएको थियो । ती विद्यार्थीलाई महानगर प्रमुख चिरीबाबु महर्जन , वडा अध्यक्ष श्री गोपाल महर्जन र परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले प्रमाण पत्र, खादा र प्रोत्साहन भत्ता प्रदान गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...