हेरिटेज नेपाल न्यूज

ठमेलमा पर्यटकहरुलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने जस्ता कार्यमा संलग्न १३ पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १० मंसिर । प्रहरीले ठमेलबाट पर्यटकहरूलाई अनावश्यक दुःख दिने १३ जनालाई पक्राउ गरेको छ। जिल्‍ला प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गराउने गुनासो प्रहरीकोमा आएको थियो।
सोही क्रममा अनुगमनमा जाँदा बुधबार अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार समेत गरेको भेटिएको थियो। त्यसपछि उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकका २६ वर्षीय बादल तामाङ, २२ वर्षीय संजय लामा, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर,  सुनसरीका २२ वर्षीय रमेश क्षेत्री र दोलखाका १९ वर्षीय बिशाल नेपाली छन्।
यस्तै रामेछापका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँकेका २३ वर्षीय अभिषेक थापा, दाङका २० वर्षीया प्रतिमा डाँगी र २१ वर्षीया प्रमिला पुन मगर पक्राउ परेका छन्।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीको दरखास्त

काठमाडौं, १ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख...

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...