हेरिटेज नेपाल न्यूज

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नाममा शंकास्पद रूपमा रकमहरू जम्मा भएका थिए। १० लाख रुपैयाँ नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँको दरले पटकपटक रकम पठाइएको थियो।
रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्टले रकम भुक्तानी मात्रै गर्नु पर्नेमा एकैदिन पटकपटक उक्त बैंक खातामा रकम जम्मा भएको थियो। रेमिटको कारोबारको आवरणमा अवैध रूपमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको आरोपमा प्रहरीले महाजुलाई पक्राउ गरेको हो। उनी म्यानेजमेन्टका पूर्वसेयरधनी समेत हुन्। उनलाई प्रहरीले ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...